
काठमाडौँ,२१ भदौ ।
बंगलादेशमा रहेका नेपालीहरूले महावीर पुन त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालन गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई साढे चार लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ । बंगलादेशमा रहेका नेपाली समुदायको तर्फबाट डाक्टर टीका लिम्बुले शनिबार उक्त सहयोग रकम पुनलाई हस्तान्तरण गर्नु भयो ।
बंगलादेशमा रहेका राष्ट्रसंघका विभिन्न एजेन्सी, अरू संघसंस्थामा काम गर्ने नेपाली र मेडिकल विद्यार्थीले रकम उठाएर केन्द्रलाई दिएको डाक्टर लिम्बुले बताउनु भयो ।