हामीसँग जोडिनुहोस

एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ

1 मिनेट

काठमाडौँ,२१ भदौ ।
अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाइएको छ । मोहन वैद्यु किरणु नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको जनाइएको छ ।
बममहानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडिको सडकबाट पक्राउ गरिएको बताउनु भयो । एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिँदा शुक्रबार पनि प्रहरीले अमेरिकी दूतावास अगाडिबाट पक्राउ गरेको थियो ।
त्यसपछि शुक्रबार नै गृहमन्त्रालयले एमसीसीविरुद्ध प्रदर्शन गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको थियो । गृहले भारतविरुद्ध प्रदर्शन नगर्न पनि सचेत गराएको जनाइएको छ । एमसीसीविरुद्ध प्रदर्शन हुने भएपछि देशभर प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाइएको छ । महाराजगञ्ज क्षेत्रमा पनि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जनाइएको छ ।

अर्को

देउवाले श्रीमती र छोरा प्रयोग गरेर सेटिङ गरिरहेको महेश बस्नेतको दावी

नछुटाउनुहोस

डब्लुएचओ क्षेत्रीय बैठक काठमाडौंमा सुरु, प्रधानमन्त्री देउवादेखि महानिर्देशक टेड्रोसले सम्बोधन गरे काठमाडौँ, २१ भदौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ दक्षिणपूर्वी एसियाको ७४ औं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । भर्चुअलरुपमा सुरु भएको बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि डब्लुएचओ महानिर्देशक डा। टेड्रोस आधानोम घेब्रेससले सम्बोधन गर्नुभएको छ । सम्बोधनमा स्वास्थ्य नेताहरुले बलियो स्वास्थ्य प्रणाली निर्माण र विश्व्यापी स्वास्थ्यमा पहुँचका लागि बृहत प्रतिबद्धताको आह्वान गर्नुभएको छ । बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले मानवताको लागि खोप, औषधीय सामाग्री र प्रविधिमा समान पहँुचको लागि आग्रह गर्नुभएको छ । सबैको लागि स्वास्थ्यमा पहुँच जरुरी भएको उहाँले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।