
काठमाडौँ,२१ भदौ ।
नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र छोरालाई प्रयोग गरेर सेटिङ गरिरहेको आरोप लगाउनुभएको छ । सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्रीले श्रीमती र छोरा प्रयोग गरेर सेटिङ गराइरहेको बताउनुभएको हो । बस्नेतले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकार चलाउँदा कुनै पनि सेटिङ नगरेको पनि बताउनुभएको छ । बस्नेतले सरकारमा हुँदा श्रीमती र अरु कोही प्रयोग नगरेकाले आफूहरुले केपी शर्मा ओलीलाई सबैले बा भनेको पनि बताउनुभएको छ । बस्नेतले अहिलेको सरकार माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले चलाउने भएकाले आफूहरुले यसलाई मापसे सरकार भन्ने गरेको पनि बताउनुभएको छ ।