हामीसँग जोडिनुहोस

जिल्ला समन्वय समिति प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

1 मिनेट

काठमाडौं,२२ भदौ ।
नेकपा एमाले बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जनाइएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहनुभएको जनाइएको छ । यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा ९एकीकृत समाजवादी०को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।