
काठमाडौँ, २२ भदौ ।
भारतमा थप ३० हजार १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ५७ हजार ३ सय २० पुगेको छ । मंगलवारसम्म भारतमा ३ लाख ९८ हजार ७ सय ८३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २ सय ९० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७५ पुगेको छ ।एजेन्सी ।