
काठमाडौँ, २२ भदौ ।
नेपाली कांग्रेसले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशन प्रचारात्मक नारा तय गरेको हो। महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको विभागका सचिव दिनेश थापा मगरले बताउनुभयो । उहाँका अनुसार सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिने छ।