
काठमाडौँ, २२ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा आफु नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी गर्नुभएको छ ।उहाँले गरिब मुलुक भएर पनि नेपालले खोपमा उल्लेख्य काम गरेको बताउँनुभयो । उहाँले आफुले प्रधानमन्त्री हुँदा नै हरेक दिन बेलुका दुईवटा अम्बाको पात उमालेर गारगिल गर्नुस । मन तातो नुन पानीले नाक सफा गर्नुस् भनेको पनि बताउनुभयो । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवाका लागि पार्टीले छिट्टै नयाँ संस्था बनाउने घोषणा गर्नुभएको छ ।