हामीसँग जोडिनुहोस

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

1 मिनेट

काठमाडौँ, २२ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७२ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ । यही अवधिमा थप २१ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ७९ जना पुगेको छ । अहिले नेपालमा तीस हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेकामा पाँच सय १४ जनाको आईसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८० हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ५० लाख १२ हजार आठ सय २१ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख तीन हजार सात सय ५७ जना पुगेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।