
काठमाडौं, २३ भदौ ।
आजदेखि शुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जनाएको छ। संघीय संसद्को दुवै सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ।
यसपटक संघीय संसद्मा नेकपा (एमाले) विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्। संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो।