हामीसँग जोडिनुहोस

नक्कली लाइसेन्स बनाउने प्रहरीको फन्दामा

1 मिनेट
चित्रः वेव

श्रावण ९ । बारा–जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले नक्कली लाइसेन्स बनाउने एक युवालाई पक्राउ गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दिपक अर्याललाई पक्राउ गरेको हो । अर्यालले १२ जनाभन्दा बढिलाई ५० हजार रकम लिएर नक्कली लाइसेन्स बनाउने गरेको खुलेपछि प्रहरीले उनलाई जितपुर बजारबाट पक्राउ गरेको हो । उनीसँगै प्रहरीले ५ थान नक्कली सवारी चालक अनुमतिपत्र र चालक अनुमतिपत्र लिन बुझाएको रसिद बरामद गरेको छ । अर्यालले हलुका सवारीचालक अनुमति पत्रका लागि १० हजार र हेभी सवारी चालक अनुमतिपत्रका लागि ५० हजार रुपैयाँ लिने गरेको वारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।