हामीसँग जोडिनुहोस

सूर्यविनायकमा पहिरोले घरदेखि सढकसम्म भत्कायो, केही बस्ती जोखिममा

1 मिनेट
Landslide in Gulmi, Radio himalayana.com

लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्ती समेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ ।
अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण संकलन सुरु गरेको जानकारी दिनुभयो ।
उपप्रमुख बस्नेतका अनुसार वडा नं. १ मा पहिरोले २ वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताउनुभयो । पात्लेटारमा रोकथाम नगरेर अन्य घरमा क्षति पुग्ने अनुगमनमा पाईएको छ ।
त्यसैगरि वडा नं. ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु ७ र ८ भएर घ्याम्पे डाँडा जाने मृुख्य कालोपत्र सडक पुरै पहिरोसंगै जादा यहाँ जाने यातायातका साधन समेत एक सातादेखि बन्द भएको छ । घ्याम्पे डाँडा दुई वटा घरमा क्षति पुगेको छ ।
वडा नं. ९ नंखेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको ६ घर उच्च जोखिममा परेको छ । यहाँको ६ घरलाई अन्यत्र बस्ती नै सार्नु पर्ने अबस्था देखिएको छ ।
वडा नं. १० चित्तपोलमा तार जाली दिएर पहिरो रोकथामको प्रयास गरिएको छभने ५ वटा घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख जूना बस्नेतले जानकारी दिनुभयो ।
उहाँले सबै वडाका अध्यक्षहरुलाई आफ्नो वडामा भएको क्षतिको विवरण संकलन गरेर नगरपालिकामा बुझाउन भनेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढी, पहिरो पीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।