हामीसँग जोडिनुहोस

एमसीसीबारे जनताबाट भ्रम हटाउनुपर्ने प्रधानमन्त्री देउवाको धारणा

1 मिनेट

काठमाडौं, २३ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताउनु भएको छ । हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताउनु भएको हो । अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताउनु भएको थियो ।
देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राखेको बताउनु भयो । रसिया र चीनको बिचमा रहेको राष्ट्र मंगोलिया र इन्डोनेसियाले दोस्रोपटक परियोजना लिएको भन्दै देउवाले सैनिक रणनीतिको हिस्सा एमसीसी नभएको देउवाको भनाई रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।