
काठमाडौं, २३ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संशोधन नभई अनुमोदन नहुने दाबी गर्नुभएको छ ।
पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० को केन्द्रीय समिति बैठकमा सहभागीहरुले एमसीसीको विषयमा दाहालको धारणा मागेका गरेका थिए । त्यसक्रममा छोटो सम्बोधन राख्दै दाहालले एमसीसी सम्झौता संशोधन भएमात्रै अनुमोदन हुने बताउनुभएको हो ।