
काठमाडौं, २३ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बौद्धिक व्यक्तित्व नआएको कारणले अहिलेको राजनीतिमा विधिको शासन कायम हुन नसकेको बताउनु भएको छ ।
जनकपुरमा ख्याती प्राप्त चिकित्सकहरुलाई पार्टी प्रवेश गराउँदै यादवले बौद्धिक वर्ग राजनीतिमा आउनुपर्नेमा जोड दिनुभएको हो । पेशासँगै राजनीतिलाई अगाडि बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन पनि दिनुभएको थियो । बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने यादवको विश्वास रहेको छ ।