
काठमाडौं, २३ भदौ ।
‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुने बताइएको छ ।
प्रतियोगिता असोज २ देखि २२ सम्म पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुँदै छ ।