
काठमाडौँ, २३ भदौ ।
त्रिभुवन विश्वविद्यालयले दशैँपछि सेमेस्टर र वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विश्वविद्यालयले दशैं पछि स्थगित परीक्षा सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी गर्नुभयो । यद्यपि विश्वविद्यालयले यस अघि दसैँ भन्दा पहिले परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो, तर देशमा कोरोनाभाइरस महामारीको बढ्दो खतराले अधिकारीहरुलाई आफ्नो निर्णय फिर्ता लिन मनाएको छ । जोशीका अनुसार परीक्षा नियन्त्रक कार्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नेछ भने सम्बन्धित संकायले सेमेस्टरमा आधारित परीक्षा सञ्चालन गर्ने बताउनु भयो ।