
काठमाडौं, २३ भदौ ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूर्त याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । एमसिसीलाई समर्थन गर्नुभएका डा. भट्टराई र राजदूत बेरीबिच एक होटलमा भेटवार्ता भएको हो ।
एमसिसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसिसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै भट्टराई र बेरीबिच भेटवार्ता भएको हो ।