हामीसँग जोडिनुहोस

नेपालमा अब टेस्लाका गाडी आउन नपाउने

1 मिनेट

काठमाडौं, २३ भदौ ।
नेपालमा अब टेस्लाका गाडी आउन नपाउने भएको छ टेस्लाले ‘एलसी’ खोलेकाबाहेक थप गाडी आउन नपाउने भएको हो ।
नेपालमा टेस्लाको आधिकारिक बिक्रेता नियुक्त भएको छैन । अरेत इन्टरनेश्नलले मोडल ३ का १५ वटा गाडी भित्रिसकेका छन्। ३० वटा गाडी ल्याउनको लागि एलसी प्रतीतपत्र खोलिसकेको छ ।
आर्थिक ऐनले नेपालमा आधिकारिक बिक्रेता नभएको कम्पनीले गाडी भित्र्याउन नपाउने व्यवस्था रहेको थियो । तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडा ३० प्रतिशत जरिवाना तिरेर भन्सार पास गर्ने गरी त्यसको संशोधन गरेका थिए । जसअनुसार गत वर्ष टेस्लाले गाडी भित्र्याउन सफल भएको थियो । अटो व्यवसायीले एजेन्सी नभएका कम्पनीलाई गाडी भित्र्याउन दिँदा पुराना गाडी भित्रिन सक्ने भन्दै उक्त नीतिको विरोध गरेका थिए। सरकारले आर्थिक अध्यादेश २०७८ ले आधिकारिक विक्रेता नभएका कम्पनीले जरिवाना तिरेर पनि ल्याउन नपाउने व्यवस्था गरेको छ । भन्सार विभागले जेठ १५ अघि नै एलसी खोलिएका गाडी आउन पाउने बताएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।