भक्तपुर, २४ चैत । गुणस्तरीय शिक्षा दिने संस्थागत विद्यालयहरुको प्रतिस्पर्धामा अब्बल बन्दै आएको सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा सञ्चालित मदरल्याण्ड स्कुलको भव्य र हर्षौल्सका साथ “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८०” सम्पन्न गरेको छ ।
मदरल्याण्ड स्कुल स्थापनाको २० औ वार्षिकोत्सवको अवसरमा शनिवार लिवालीको एक बैंक्वैटमा करिब ६५० जना अभिभावकक, अतिथि िएवं सञ्चारकर्मीको सहभागितामा भव्य कार्यक्रम आयोजना गरेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय पदक पाउन सफल, गुणस्तरीय शिक्षा प्रदान गर्दै भक्तपुरको एक अब्बल विद्यालयको पहिचान बनाउन सफल विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै उनीहरुको प्रतिभालाई अभिभावकहरुका सामु प्रस्फुटन गराउन सफल भएको हो ।
नगर प्रमुखद्धारा उद्घाटन :
मदरल्याण्ड स्कुलले आयोजना गरेको “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८०” सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख थापाले सुर्यविनायक नगरपालिकाले विकास निर्माणसँगै शिक्षाको गुणस्तरलाई सुधार्न नगरपालिकाले बजेट बृद्धि गर्दै शिक्षालाई विशेष प्राथमिकता राखेर कार्यक्रमहरु अगाडि सारेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, ‘मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न प्रकारका उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको छ, यो अत्यन्तै प्रंशशनीय कार्य हो, गुणस्तरीय शिक्षा दिने क्रममा कहीँ कतै कमिकमजोरीहरु भए त्यसलाई सुधार गर्दै अझ सफल र उत्कृष्ठ विद्यालयको रुपमा अगाडि बढ्नु पर्छ ।’
शिक्षक, विद्यार्थी र कर्मचारीलाई सम्मान :
मदरल्याण्ड स्कुलले आफ्नो विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी ६७ जनालाई सम्मान गरेको छ । शिक्षक एवं कर्मचारीमा गुणस्तरीय शिक्षा र विद्यालय व्यबस्थापनमा अझै उच्च मनोबलका साथ काम गर्न उच्च मनोबल प्राप्त होस् भन्ने उदेश्य एवं उहाँहरुले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै शिक्षक एवं कर्मचारीलाई पत्र वितरण वितरण गरि सम्मान गरेको हो ।
कार्यक्रममा मदरल्याण्डबाट २०७० सालमा एसएलसी परीक्षा उतीर्ण गर्ने विद्यार्थी विदूर कार्कीलाई सशस्त्र प्रहरी अधिकृत हुन सफल भएको बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयले “पूर्व विद्यार्थी सम्मान” प्रदान गरेको छ । उहाँलाई नगर प्रमुख थापाले सम्मान गर्नुभयो भने पूर्व विद्यार्थी विदूर कार्कीले रचना गरेको र कक्षा ८ का विद्यार्थीहरुको स्वर रहेको स्कुल गीतसमेत विमोचन गर्नु भउको थियो ।
विद्यालयबारे अतिथिहरुको भनाई :
कार्यक्रममा सूर्यविनायक वडा ९ का अध्यक्ष भगवान खत्रीले प्रि–स्कुलबाट कक्षा १ मा स्तरोन्नति हुने ६७ जना विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको थियो । अध्यक्ष खत्रीले आफ्नो वडामा रहेको मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको लागि नयाँ नयाँ कार्यक्रम ल्याएकोमा खुशि व्यक्त गर्दै अभिभावकहरुले आफ्नो बालबालिका घरमा के गर्दै छन् र मोवाइलमा के के हेरिरहेका छन् भन्ने कुरा ख्याल गर्नु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा सूर्यविनायक वडा नं.‐८ का वडाध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले विद्यार्थीको उज्जवल भविष्य निर्माणमा टेवा पुर्याएको चर्चा गर्दै मदरल्याण्ड स्कुलको प्रगतिमा २० औँ वर्षदेखि योगदान पुराउने सबैलाई सम्झदै आभार प्रकट गर्नु भयो । उहाँले २०८३ सम्म सुर्यविनायक नगरपालिकालाई बाल मैत्री बनाउने लक्ष्य लिएको बताउनु भयो ।
कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, सुर्यविनायक नगर शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा.कृष्णप्रसाद ग्वाछा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, जगाति प्रहरी वृत्तका निरीक्षक रमेश थापा, नेशनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, सचिव कुमार थापमगर, ईप्सन र प्याव्सन भक्तपुरका सचिव विजय कर्माचार्य, जिल्ला खेलकूद समितिका निवर्तमान् अध्यक्ष दीपक थापालगायतले विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सफलताको कामनासहित शुभेच्छा प्रकट गर्नुभयो ।
स्कुलमा अब गणित ल्याबदेखि संस्कृत शिक्षासम्म : प्रिन्सिपल खड्का
कार्यक्रममा मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काले विद्यार्थी, अभिभावक, प्रमुख अतिथि एवं अतिथिहरु समक्ष विद्यालयमा भएको शैक्षिक प्रगति एवं आगामी कार्य योजना प्श गर्नु भएको थियो ।
प्रिन्सिपल खड्काले शैक्षिक गुणस्तरमा मात्रै नभई हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यार्थीको आन्तरिक क्षमतालई पनि बाहिर ल्याउन सक्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयमा एक जना नर्स राखेर स्कुल हेल्थ नर्स कार्यक्रम सञ्चालन गदै नर्सिगं कक्षा बनाइएको र विद्यार्थीहरुकामे स्वास्थ्य परीक्षणमा टेवा दिन सुरु गरेको चर्चा गर्नुभयो । उहाँले विद्यालयलाई प्रविधिसँग जोडदै प्रबिधिमैत्री बनाईएको बताउदै २०८१ बाट व्यवस्थित विज्ञान र गणित प्रयोगशाला एवं कक्षा १ देखि ७ सम्म संस्कृत भाषाको सिकाई गराउन संस्कृत कक्षा सञ्चालन गर्ने बताउनुभयो ।
बालबालिकालाई संस्कामरयुक्त बनाउदै लगिएको, प्रि‐स्कुलको लागि विशेष ल्याव बनाएर अगाडि बढाइएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने, विद्यार्थीहरु माझ बोल्ने र व्यक्तित्व विकासको लागि कार्यक्रम राखिएको बताउनन भयो ।
प्रिन्सिपल खड्काले विद्यालय र विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको भन्दै अभिभावकहरुको अझ मजवुद साथ चाहिएको सुनाउनुभयो । उहाँले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको दाबी गर्नुभयो ।
विद्यार्थीलाई पुरस्कार एवं सम्मान :
मदरल्याण्ड स्कुलका लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०८० मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १२ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई कक्षा स्तरोन्नति र सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, समयसापेक्ष विविध प्रस्तुति, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।
विद्यालयकी सञ्चालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि एवं अतिथिलगायत पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । बरिष्ठ संचारकर्मी तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठको आकर्षक कार्यक्रम सञ्ंचालनले अभिभावक एवं) विद्यार्थीहरुमा उत्साह थपेको थियो ।