हामीसँग जोडिनुहोस

बिकास प्रहरको नबौं एकल गजल साँझ हुदैँ, सम्पूर्ण तयारी पुरा

2 मिनेट

गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्ने हुनु भएको छ भने गजल गायत राज सागरले प्रहरका गजलहरु गाउँनु हुने भएको छ ।

===========================================

भक्तपुर, २७ माघ । गजलकार तथा पत्रकार बिकास प्रहरको नबौं एकल गजल साँझ–२०८० को तयारी पुरा भएको छ । त्रिपुरा न्यूजले माघ २८ गते आईतबार दिउँसो ३ बजे चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सिटि बैंक्वैटमा आयोजना गर्न लागेको गजल साँझको तयारी पुरा भएको त्रिपुरा न्यूजका प्रमुख एवं गजलकार प्रहरले जानकारी दिनुभयो ।
२०६९ सालमा काठमाडौंको माइतीघरस्थित एक रेष्टुरेष्टमा रचनात्मक साहित्यिक समूह भक्तपुर बहुमुखी क्याम्पसले आयोजना गरेर सुरु भएको गजलकार बिकास प्रहरको पहिलो एकल गजल साँझले निरन्तरता पाउँदै नवौ गजल साँझसुम्म आइपुगेको हो । उहाँको दोस्रो एकल गजल साझँ २०७२ देखि त्रिपुरा न्यूज साप्ताहिकले गर्दै आईरहेको छ भने एकल गजल साँझमा बिकास प्रहरले लेखेका गजलहरू गजल गायक तथा संगीतकार राजसागरले संगीतबद्ध गरेर प्रत्यक्ष प्रस्तुति दिँदै आउनु भएको छ ।

आकासमा जून एक्लो ताराहरू धेरै
काम भने शून्य यहाँ नाराहरू धेरै,
काकाकुल बनेँ म त आज सहरमा,
छैन यहाँ पानी कतै धाराहरू धेरै ।

गजलमा समसामयिक बिषयमा ब्यङ्ग्य गर्न माहिर गजलकार प्रहरले गजलमा गरीबका बारेमा पनि यसरी बोल्छन ।

उब्जाएर बस्न पनि एक धुर्को पाखो छैन,
खाउँ भने जागीर साथी फरियाको नातो छैन,
झुत्रो झाम्रो सजिएको छ जिउमा सधैं मेरो,
आङ छोप्ने यौटा पनि सद्दे लुगा फाटो छैन।

श्रृंगारीक गजलहरू पनि प्रेम र बियोगमा निकै मार्मिक ढंगले प्रस्तुत हुने प्रहरका गजल यस्तो छ ।

निसासिन्छ किन किन सास तिम्रो सहरमा,
आँसुसँगै निल्न बाध्य गाँस तिम्रो सहरमा
बेवारिसे बनी आज लडेको छु सडकमा,
हेर्छन् मात्रै बिकासको लास तिम्रो सहरमा,

गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्ने हुनु भएको छ भने गजल गायत राज सागरले प्रहरका गजलहरु गाउँनु हुने भएको छ ।
प्रहरको सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन हुने भएका छन् ।

मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई,
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई,
सारा कथाब्यथा मेरो उपहार दिएको यो,
गजलैमा मन बुझाउ सुन दिन्न तिमीलाई,

साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेका स्रष्टा एवं गजल पारखीको सहभागिता रहदै आएको छ प्रकृति झैं तिमी आज भयौ क्रूर भन्छ्यौ ।

प्रकृति झैं तिमी आज भयौ क्रूर भन्छ्यौ,
भावना त नजिक तर मुटु दूर भन्छ्यौ,
जञ्जीर तोडी समाजको अँगालेर अब,
जान्छु जान्छु त्यहि तिम्रो भक्तपुर भन्छ्यौ..।

बिरामीको सहयोगार्थ हुदै आएको प्रहरको एकल गजल साँझ का गजलहरु सधैं टिकटकमा गर्ने गरेका छन् । यस पटक पनि उहाँको साँझ हेर्नका लागि रु. २ हजारदेखि रु. ५ हजारसम्म रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।