हामीसँग जोडिनुहोस

विद्यार्थीलाई विदेशिनबाट रोक्न शिक्षा नीति परिमार्जन अत्यावश्यक : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

जुरिचको दीक्षान्त समारोह एवं अभिभावक दिवस सम्पन्न

4 मिनेट

भक्तपुर, १७ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले नेपालको वर्तमान शिक्षा नीतिलाई परिमार्जन गरि युवा जनशक्तिलाई नेपालमै रोक्न सक्ने वातावरण बनाउनु पर्ने बताउनु भएको छ ।

आज बालकोट नयाँबस्तीस्थित जुरिच किन्डरकार्टेनको दीक्षान्त समारोहमा बोल्दै उहाँले शिक्षा नीतिमा पुनरावलोकन र परिमार्जन अत्यावश्यक रहेको बताउनु भएको हो ।

उच्च शिक्षा अध्ययनका लागि नेपालमा धेरै उत्कृष्ठ शैक्षिक संस्थाहरु हुँदाहुदै पनि विद्यार्थीहरु प्लस टु सक्ने बित्तिकै विदेशिनु बिडम्बना भएको बताउदै उहाँले उच्च शिक्षा अध्ययनका लागि नेपालमै विद्यार्थी बस्ने गरि व्यबहारिक शिक्षा नीति सरकारले लागू गर्नुपर्ने औल्याउनुभयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “शिक्षा मन्त्रालयमा केही गरौ भन्ने उदेश्य बोकेर नयाँ मन्त्री आउनु भएको छ, नयाँ टिम आएको छ, अब त्यो टिमले नेपालको शैशिक्षक क्यालेण्डर, पद्धति र नीति परिवर्तन गर्दै शिक्षामा कायापलट गर्ने बेला आएको छ, त्यसका लागि सबै सरोकारवाला निकायले सकारात्मक भूमिका खेल्नु आवश्यक छ ।”

नेपालमा व्यबहारिक शिक्षाको खाँचो रहेको औल्याउदै उहाँले शिक्षामा परिवर्तनका लागि सबैले रचनात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राज्यलाई सबल र सक्षम बनाउने जिम्मेवारी तपाई हामी सबैको हो, हाम्रो देश हामी आफैले बनाउने हो, त्यसका लागि सबैले सकारात्मक र रचनात्मक भूमिका खेल्नु पर्छ ।”

जुरिच किन्डरगार्टेनका संस्थापक समेत रहनु भएका प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले स्वीजरल्याण्डको उत्कृष्ठ ठाउँ जुरिक जस्तै नेपालको पनि जिरीमा रहेको सुन्दर जुरिच पहाडको नामबाट स्थापना भएको यो शैक्षिक संस्था ६ जना विद्यार्थीबाट सुरु भएर आज उत्कष्ठ गन्तव्य बन्न सफल भएको भन्दै उहाँले विद्यालयहरुले विद्यार्थीको उत्कृष्ठ शिक्षा, हाइजेनिक खाना र स्वास्थ्यमा धेरै ख्याल गर्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा पत्रकार गोविन्द चौलागाईले शिक्षा क्षेत्रको जग बलियो बनाउदै अगाडि बढेको जुरिचले कक्षा थप गर्दै शिक्षाको बिस्तारमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रिन्सिपल अमृत राउतले विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थी दीक्षित भएका जानकारी दिनुभयो । विद्यालयले उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विद्यालयले संस्कारयुक्त गणस्तरीय शिक्षा दिदै अगाडि बढिरहेको, स‐साना बालबालिकाको शैक्षिक उन्नयनको गन्तव्य बनाउदै जुरिचलाई अगाडि बढाएको  उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।