हामीसँग जोडिनुहोस

काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने

1 मिनेट

काठमाडौँ, २७ भदौ ।
काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको संक्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्न लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ । गएको सातादेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेर सामान्य अवस्थामा सबै किसिमका व्यवसायहरू सञ्चालन भइरहेका छन् । विद्यालयहरू स्थानीय तहको अनुमतिमा सञ्चालन भइरहेका छन् । आउँदो असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी र अभिभावकबीच सहमति भइसकेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।