
काठमाडौँ, २७ भदौ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा पर्व मनाउन अपिल गर्नुभएको छ । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभएको छ । मेयर शाक्यले कोभिडको त्रास अझै कायमै रहेकाले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी हुन अनुरोध गर्नुभएको छ ।