
काठमाडौँ,२७ भदौ ।
बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् । रौतहटमा पक्राउ परेका एक जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






