
काठमाडौँ, २७ भदौ ।
भारतमा २८ हजार ५ सय ९१ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३४ हजार ८ सय ४८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ९ सय २१ रहेको छ। संक्रमणका कारण थप ३ सय ३८ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ४२ हजार ६ सय ५५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ७२ लाख ८६ हजार ८ सय ८३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा ७३ करोड ८२ लाख ७ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन्। ।एजेन्सी ।