
काठमाडौँ,२७ भदौ ।
सरकारले चीनबाट खरीद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आगामी बिहीबार भदौ ३१ गते नेपाल आइपुग्ने भएको छ ।सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो, जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेको छ । व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ ।
नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ । नेपालमा हालसम्म १७ प्रतिशतले कोभिड विरुद्धको पूर्ण खोप र १९ प्रतिशतले पहिलो मात्रा खोप पाइसकेका छन्। ।