हामीसँग जोडिनुहोस

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ९ घाइते

1 मिनेट

काठमाडौँ,२७ भदौ ।
मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जीपमा चालकसहित १० जना रहेको थियो । तीमध्ये १ जनाको ज्यान गएको र ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाडौँ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १ शिशुसहित ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक डीएसप गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजान पहल भइरहेको जनाइएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।