
काठमाडौँ,२७ भदौ ।
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरेका हुन्। । आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।