हामीसँग जोडिनुहोस

भक्तपुरकी पहिला महिला मन्त्रीलाई सम्मान

1 मिनेट

भक्तपुर, २७ भदौ : नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले भक्तपुरकी पहिलो महिला मन्त्री बन्नुभएकी सरस्वती बाटीलाई सम्मान गर्नु भएको छ ।

मध्यपुरथिमिमा नेपाल खेलकुद महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा वाग्मति प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीलाई उहाँले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
कार्यक्रममा नेता श्रेष्ठले माधब नेपालजस्तो गद्दार कोही पनि नभएको टिप्पणी गर्दै एमालेलाई सिध्याउन विदेशी दलालहरुसंग मिलेर दश वुँदे सहमतिलाई लत्याउदै पार्टी फुटाएको आरोप लगाउनु भयो ।

उहाँले पार्टीबाट राजिनामा दिने वामदेव गौतमले राष्ट्रिय सभाबाट किन राजिनामा नदिएको भन्दै भन्नुभयो, “नेकपा एमालेका एक उपाध्यक्षले पार्टी विभाजन पछि दिएको राजिनामा देख्दा अचम्म लाग्यो, एमालेको सबै तहबाट राजिनामा दिएका वामदेबले राष्ट्रिय सभाको भने किन राजिनामा दिएनन्, राष्ट्रिय सभाबाट आएकालाई पनि प्रधानमन्त्री बनाउनु पर्ने भन्ने माग राख्ने बामदेव पनि पार्टीका अर्का गद्दार हुन् ।”

उहाँले पार्टीमा राजनीतिक संकट आएको र विपक्षीले आक्रमण गरेको समयमा पार्टीलाई कसरी बलियो बनाएर अगाडि बढाउने भनेर लाग्नु पर्नेमा राजिनामा दिएर जाने अपराध गरेकाले उनीहरु गद्दार भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा राज्यमन्त्री बाटीले विश्वास गरेर दिएको जिम्मेवारीलाई कुशलतापूर्ण रुपमा विवादरहित भएर पुरा गर्ने बताउनुभयो ।

त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले एमालेलाई बलिाये बनाएर लैजाने जिम्मेवारी सबै नेतामा आएको बताउदै भक्तपुरले पहिलो पटक महिला मन्त्री पाउनु गर्वको कुरा भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।