हामीसँग जोडिनुहोस

यसरी पक्राउ परे अस्पतालमा बम राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

1 मिनेट

काठमाडौँ, २७ भदौ : धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए । अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए । पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे । चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए ।

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए रु तीन करोड तयार गरी नागढुङ्गामा लिइआउनु भनेर तर्साएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताउनुभयो । पछि उनीहरु रु दुई करोडमा झरेका थिए । उनीहरुले पैसा लिएर आफ्नो व्यक्तिगत खर्च टार्ने योजना बनाएको अनुसन्धानमा खुलेको सिंहले बताउनुभयो । यद्यपि उनीहरुले विदेश जाने खर्चको जोहो गर्न फिरौती माग गरेको बुझिएको छ । आशिष विदेश जाने तयारीमा समेत रहेको बताइएको छ । उनीहरुले राखेको बम नेपाली सेनाले यसअघि नै निष्क्रिय बनाएको थियो । यद्यपि त्यो सक्कली हो या नक्कली भनेर सेनाले रिपोर्ट दिइनसकेको सिंहले बताउनुभयो । बम राखेको सूचना प्रहरीमा आएपछि परिसरले प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

फिरौती रकम दिन तयार भएर प्रहरीले मिसन अपरेसन सुरु ग¥यो । उनीहरुलाई पक्राउ गर्नु अगाडि नै योजना बनाएको प्रहरीले फिरौती दिन जाने बहानामा दाजुभाइलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ बस्ने २५ वर्षका आशिष र उनका भाइ अभिषेक पक्राउ परे । उनीहरुको बयानका आधारमा रोल्पाका ४० वर्षीय अम्मरबहादुर रोक्का पनि पक्राउ परेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । उनीहरुलाई अहिले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको परिसरले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।