
काठमाडौं, २८ भदौ ।
सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिस्कर्ष सकिएको छ । एमाले नै बैठकमा अनुपस्थित भएपछि कुनै निस्कर्ष नआएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग वार्ता–संवाद गर्न आग्रह गर्नुभएको थियो । आज बसेको बैठकपछि राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडलले सदन अवरोध खुलाउन प्रतिपक्षीको नेता उपस्थित नभएकाले निष्कर्षमा पुग्न नसकिएको बताउनु भएको हो ।