
भक्तपुर, २८ भदौ । नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि हात पारेको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेको कुमारी मन्दिर परिसरमा प्रथम अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको आज भएको समापन खेलमा ३ स्वर्ण, २ रजत र ३ कास्यकासाथ नरहरिपुर टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा वादोकाइले ३ स्वर्ण र २ कांस्यका साथ दोश्रो भएको छभने २ स्वर्ण, १ रजत र १ कांस्यसहित चन्द्रागिरी बेसिक सितोरियोले तेश्रो भएको छ । प्रतियोगितामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रथम हुनेलाई २५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको छ । प्रतियोगितामा करातेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी तथा महिलामा चन्द्रागिरी बेसिककी स्वस्तिका केसी उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप माउन्टेन बाइक प्राप्त गरेका छन् ।
त्यस्तै पुरुष एकल काटा तर्र्फ नरहरिपुर डोजोका स्वर्णिम मानन्धर प्रथम, लैनचौर डोजोका रेहान जावेद दोश्रो, मध्यपुर एकेडेमीका मासाताकी श्रेष्ठ र चन्द्रागिरी नपाका सन्दिप राई तेश्रो भएका छन् । पुरुष ५५ केजी तर्फ वादोकाई डोजोको अंकित गुरुङ प्रथम, आयोजक शंखधर साख्वा डोजोका सुवित खत्री दोश्रो, नरहरिपुरका मनिष कार्की र बौद्धका देवराज श्रेष्ठ तेश्रो भएका छन् ।
त्यस्तै पुरुष ३० केजी तर्फ बौद्धका प्रभात मगर प्रथम, विष्णुदेवीका सोनाम लामा दोश्रो, भक्तपुर नपाका कृष ग्वाछा र घण्टाघरका एवन गहतराज तेश्रो भएका छन् । पुरुष ६० केजीतर्फ वादोकाइका सन्तोष श्रेष्ठ प्रथम, शंखधर साख्वाका दिनेश नेपाली दोश्रो, च्याम्पियन एकेडेमीका अनिल बराम र चन्द्रागिरीका किृतन महर्जन तेश्रो भएका छन् । पुरुष ३५ केजीतर्फ विष्णुदेवीका सन्देश लामा प्रथम, नरहरिपुर डोजोका ओम ठाकुर दोश्रो, मन्थली नपाका संस्कार पौडेल र चन्द्रागिरी नपाका सन्दिप राई तेश्रो भएका छन् ।
त्यस्तै पुरुष खुला तौल तर्फ लगनखेलका विपिनराज श्रेष्ठ प्रथम, चन्द्रागिरीका जेनिम महर्जन दोश्रो, मन्थलीका दिक्षित थापा र रामेछापका विमल सिंजालीमगर तेश्रो भएका छन् । पुरुष ४० केजीतर्फ विष्णुदेवीका राकेश मानन्धर प्रथम, इचंगुनारायणका रोभेन श्रेष्ठ दोश्रो, निलबाराहीका अभिनायक श्रेष्ठ र लुभु महालक्ष्मी नपाका अनिल बल तेश्रो भएका छन् ।
पुरुष ४५ केजीतर्फ मन्थली नपाका रोशन खाती प्रथम, विष्णुदेवीका सुनिल थगुना दोश्रो, सूर्यविनायक नपाका सुवास परियार र रामेछापका कैलाश तामाङ तेश्रो भएका छन् । पुरुष ५० केजीतर्फ बौद्धका बुद्ध मोक्तान प्रथम, एन.एस.एका धनबहादुर सुनार दोश्रो, बादेकाईका साहिल घले र नरहरीपुरका स्वर्णिम मानन्घर तेश्रो भएका छन् । त्यस्तै पुरुष किक बक्सिङतर्फ विष्णुदेवीका सन्देश बास्कोटा प्रथम, लगनखेलका रोहित चुनारो दोश्रो, शंखधर डोजोका हिमाल थापा र भक्तपुरका प्रवेश घिसिङ तेश्रो भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।
त्यसैगरि महिला एकल काटातर्फ नरहरिपुरका सञ्जु देशार प्रथम, प्रयागपोखरी ललितपुरका सुभद्रा थापा दोश्रो, चन्द्रागिरीका अञ्जली महर्जन र काठमाडौं लैनचौरका रासुगी पोडे तेश्रो भएका छन् । महिला ५५ केजीतर्फ नरहरिपुरका सृजना महतारा प्रथम, मन्थलीकी सम्झाना माझी दोश्रो, विष्णुदेवीका अस्मिता लामा तेश्रो र लालीगुराँसका प्रविणा गुरुङ तेश्रो भएका छन् ।
महिला ३० केजीतर्फ मानसिंह डोजोका अनु मोक्तान प्रथम, लुभु मानसिंहकै प्रमिला पाख्रिन दोश्रो, मन्थलीका सजना केसी र रामेछापकी सरिता मगर तेश्रो भएका छन् । महिला ६० केजीतर्फ लैनचौरका रोजिता ढुङेल प्रथम, भक्तपुरको भावना राई दोश्रो, गोकर्णेश्वरको सलिना वाइवा र वादोकाइका सम्झना पौडेल तेश्रो हुन सफल भएका छन् ।
महिला ३५ केजीतर्फ इचंगु नारायणका सोनम शेर्पा प्रथम, मन्थलीका आकृति सेवा दोश्रो, नरहरिपुरका खुसी अधिकारी र किर्तिपुरका अनिशा चौलागाई तेश्रो भएका छन् । महिला खुला तौलतर्फ लैनचौरका विनिता श्रेष्ठ प्रथम, नरहरिपुरका श्रद्धा थापा दोश्रो, विष्णुदेवीका कोपिला लिम्बु र रितिशा श्रेष्ठ तेश्रो भएका छन् ।
महिला ४० केजीतर्फ चन्द्रागिरीका स्वस्तिका केसी प्रथम, गोकर्णेश्वरका ईशा वाइवा दोश्रो, ललितपुरका मनिषा वि.क. र विष्णुदेवीका नविना खत्री तेश्रो भएका छन् भने महिला ४५ केजीतर्फ चन्द्रगिरीका अञ्जली महर्जन प्रथम, ईचंगु नारायणका भूमिका बस्नेत दोश्रो, गोकर्णेश्वरका सुस्मिता वाइवा र विष्णुदेवीका ममता शाह शसकार तेश्रो भएका छन् ।
त्यस्तै महिला ५० केजीतर्फ वादेकोईका विनिता चपाई प्रथम, विष्णुदेवीका नविना विभदोङ दोश्रो, भिमेश्वरका रमिता माझी र लगनखेलका संगिता लिम्बु तेश्रो भएका छन् । महिला किक बक्सिङतर्फ ५५ देखि ६० केजीसम्म विष्णुदेवीका कोपिला लिम्बु प्रथम, जलजलाका अस्मिता तामाङ् दोश्रो, भक्तपुर नपाका पदमा संभवी र वडिगाउँका हिमा तामाङ तेश्रो भएका छन् ।
कार्यक्रम समापनको क्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहिचान खेलकुद र खेलाडीबाट पनि बढिरहेको बताउदै खेलाडीले थिमिको मात्रै नभई देशकै नाम उच्च राख्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले खेलकुदको विकास र प्रतियोगिताका लागि पर्याप्त बजेटको व्यबस्था गरेको बताउदै उहाँले खेलकुदको विकासमा पनि मध्यपुरथिमि क्षेत्रले फड्को मारेको बताउनुभयो ।
शंखधर शाख्वा डोजोका प्रमुख, प्रशिक्षक एवं कार्यक्रम संयोजक मण्डेकाजी श्रेष्ठले दुईदिने प्रतियोगितामा ४२ नगरपालिकाका ४ सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्सपर्धा गरेकोे जानकारी दिनुभयो । अहिले खेलकुद सुस्ताएको अबस्थामा मध्यपुरको सांस्कृतिक स्थलमा प्रतियोगिता आयोजना गरेर खेलकुद क्षेत्रलाई उर्जा थप्ने र मध्यपुरथिमिको साँस्कृतिक पहिचानलाई प्रचार गर्न प्रतियोगिता सफल भएको बताउनुभयो ।