हामीसँग जोडिनुहोस

भक्तपुरमा कोसेली घर सञ्चालन

1 मिनेट

भक्तपुर । भक्तपुरका घरेलु तथा साना उद्योगी व्यवसायीको मौलिक एवं परम्परागत उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघले सञ्चालनमा ल्याएको हो ।
कोसेली सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायी उत्साहित छन्। कोसेली घरमा भक्तपुरको परिचय बनेका एवं मौलिक उत्पादन काष्ठकला, नेपाली कागजका हस्तकला, नेवारी घरबुना कपडाका पुतली, खेलौना, हाकुपटासी, भादगाउँले कालो टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिएका छन्।
त्यस्तै धातु तथा ढलौटका कलाकृति, चित्रकला, भोजपुरे खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेलीघरमा राखिएका छन्। कोसेली घरमा यहाँका मौलिक एवं परम्परागतसँगै ६० थरि स्थानीय उत्पादन राखिएको छ ।
संघका अनुसार कोसेली घर सञ्चालन गर्न प्रदेश नम्बर ३ सरकारअन्तर्गतको पर्यटन विकास आयोजनाबाट १९ लाख रुपैयाँ आर्थिक अनुदान प्राप्त भएको थियो। त्यस्तै संघको तर्फबाट थप १२ लाख रुपैयाँ खर्च गरिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।