हामीसँग जोडिनुहोस

उपाधि हात पार्दै विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिकाको सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जिते अन्तराष्ट्रिय उपलब्धी

2 मिनेट

भक्तपुर, ५ असोज : संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर (The Gov Lab) को (Open City Incubator) कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिका भित्र पर्दै उपाधि हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रबिधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो । ओपन सिटी इन्क्युबेटरमा सहभागि भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उहाँको भनाइ छ । नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने नेपालको तर्फबाट यस कार्यक्रमको लागि पहिलो सहभागिसमेत हुन् ।

नगरपालिकाको तथ्यांक व्यवस्थापन एवं खुल्ला तथ्यांक प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० शहरको छनौटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रबिधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरि छनौटमा पर्नु भएको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्म (Open Data Platform) को कारण यो उपाधी हासिल गरेको उहाँले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यू योर्क (City of New York), क्यानडाको सिटी अफ विन्निपेग (City of Winnipeg), इजराइलको वियर सिभा (Beer Sheva), अमेरिकाको सिटी अफ अल्बिकियू (City of Albuquerque), अमेरिकाको सिटी अफ स्यरक्यूस (City of Syracuse), रोमानियाको तिमिसोअरा (Timisoara), अर्जेन्टिनाको मिनडोजा सिटी (Mendoza City), अमेरिकाको मिसोउरी (Missouri), इक्वेटरको सिटी अफ ग्यूएक्यूल (City of Guayaquil), उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।

ओपन सिटी इन्क्युबेटर (Open City Incubator), कार्यक्रममा छनौट हुने शहरहरुले आगामी ६ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञहरुबाट दिईने तालिममासमेत सहभागि भई आफ्ना डाटा सम्बन्धी गतिविधि एवं कार्यक्रमहरुलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार तयार पार्नेछ ।

कार्यक्रममा छनौट भएका शहरहरुको घोषणा हिजो सोमबार न्यूयोर्क स्थित एक भर्जुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रबिधि अधिकृत न्यौपानेले जानकारी दिनुभयो । नेपाल जस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्यांक प्रबिधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नि स्हमोकर (Andrienne Schmoeker) ले बताएको न्यौपानेले जानकारी दिनुभयोे ।

नपाका सूचना प्रबिधि अधिकृत न्यौपानेले भन्नुभयो, “यो कार्यक्रम माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाईयू सियूएसपी, द पब्लिक सेक्टर नेटवर्क (Microsoft, Mastercard City Possible, Luminate, NYU CUSP / the Public Sector Network) जस्ता विश्व विख्यात कम्पनीद्धारा सञ्चालित कार्यक्रम हो ।”

ओपन सिटी इन्क्युबेटर विश्वभरका शहरहरुबाट उत्कृष्ट डाटा आविष्कारहरु सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण  कार्यक्रम भएको उहाँको भनाइ छ । उहाँका अनुसार यस कार्यक्रममा छनौट हुने शहरहरुका १० अधिकारी एवं सल्लाकारहरुलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारहरुको लागि पहुँचको उपयोग गर्ने, विभिन्न शहरी चुनौतिको सामना गर्न, अत्याधुनिक काम सक्षम बनाउनेछ र अधिकारीहरुलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणालीहरु विकास गर्न सशक्त बनाउने छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।