
काठमाडाँै, ०६ असोज ।
साविक बिजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु टोली फियोरेन्टिनाविरूद्ध पुनरागमन जित निकाल्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै इन्टरले घरेलु टोलीलाई ३–१ ले हराएको हो । इन्टरको जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । फियोरेन्टिनाका लागि रिक्कार्डो सोट्टिलले एक गोल गरे । जितसँगै इन्टर ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । फियोरेन्टिना ९ अंकसहित छैटौँ स्थानमा छ । एजेन्सी ।