हामीसँग जोडिनुहोस

उत्तर कोरियाद्वारा अकस सम्झौताको विरोध

1 मिनेट

काठमाडौँ, ०६ असोज ।
उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अस्ट्रेलियाबीचको नयाँ संयुक्त सुरक्षा सम्झौता अकसको विरोध गर्दै त्यसले ‘परमाणविक हातहतियार होडवाजी’ शुरू गर्न सक्ने प्रतिक्रिया दिएको छ । उत्तरकोरियाको विदेश मन्त्रलयद्वारा जारी गरिएको औपचारिक विज्ञप्तिमा यस अकस समझौताले एसिया – प्रशान्त क्षेत्रको सामरिक सन्तुलनमा विचलन ल्याउने चिन्ता व्यक्त गरिएको छ । यस सम्झौताअनुसार वेलायत र अमेरिकाले अस्ट्रेलियालाई पामाणविक ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने प्रविधि प्रदान गर्नेछन् ।साउथ चाइना सी मा चीनको बढ्दो प्रभावलाई चुनौती दिने उद्देश्यले यो सम्झौताको घोषणा भएको हुनुपर्ने अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहको ठम्याइ रहेको छ । अकसको घोषणापछि यसअघि यस्ता पनडुब्बी बनाउनका लागि अस्ट्रेलियाले आफूसँग गरेको अर्बौं अमेरिकी डलर बराबरको सम्झौता ओझेलमा पने चिन्ताको कारण फ्रान्स आक्रोशित भएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।