हामीसँग जोडिनुहोस

वर्षाका कारण पहिरोले सडक अवरुद्ध

1 मिनेट

काठमाडाँै, ०६ असोज ।
गुल्मीको तमघास–रिडी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । मंगलबार राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक खण्डमा तीन ठाउँमा पहिरो खसेको छ । रेसुंगा नगरपालिकाको देउराली बजार नजिकै र भंगेरीमा पहिरो खसेको हो । सडक खुलाउन नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली खटिएको छ । उक्त सडक भएर चल्ने यातयातका साधन सडकमै रोकिएको जनाइएको छ ।
यसैगरी पहिरोले पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना ४ नाग्दी खोला नजिक हिजो राती पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । गएराती साढे ११ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहानैबाट पन्छाउन सुरु पनि पहिरो ठूलो भएको कारण समय लागेको जनाइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।