
काठमाडाँै, ०६ असोज ।
विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ लाख ५० हजार ९सय १ जना संक्रमित भएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या २३ करोड २ लाख ७३ हजार ७ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ लाख २१ हजार ५ सय ६६ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ५८ हजार ९ सय ४९ छ । यसमध्ये ९८ हजार ४ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ । यस्तै विश्वभर अहिलेसम्म २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ६९ लाख ९३ हजार २ सय २६ पुगेको छ । एजेन्सी ।