हामीसँग जोडिनुहोस

इन्टर र युभेन्टसको संघर्षपूर्ण जीत

1 मिनेट

काठमाडौँ, १७ असोज ।
साबिक विजेता इन्टर मिलानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सासुलोमाथि २–१ को जीत हासिल गरेको छ । जीतसँगै इन्टर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । डोमेनिको बेरार्डीले पहिलो हाफमा पेनाल्टीमार्फत सासुलोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एडिन जेकोले बराबरी गोल फर्काए । योसँगै इन्टरका लागि पहिलो सात खेलमा ६ गोल गर्ने रोनाल्डोपछि पहिलो खेलाडी बनेका छन् । ७८ औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै इन्टरको पुनरागमन पुरा गरे । उता, टुरिन डर्बीमा युभेन्टसले टोरिनोमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । मानुएल लोकाटेलीले ८६ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बनेको थियो । ७ खेलबाट युेभन्टसको ११ अंकसहित तालिकामा आठौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीभन्दा ७ अंकले पछि रहेको छ । नापोलीले एक खेल कम खेलेको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।