
काठमाडौँ, १७ असोज ।
अमेरिकामा कोरोना भाइरस कोभिड(१९को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन प्रेरित गर्दै आएको छ । सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकहरुलाई कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको भए पनि अमेरिकामा लाखौं मानिसले कोरोना खोप लिन अस्वीकार गरिरहेका छन् ।