
काठमाडौँ, १७ असोज ।
एनसेल आजियाटा लिमिटेड पहिले एनसेल प्राइभेट लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्ने जनाइएको छ । साथै रु। ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।