हामीसँग जोडिनुहोस

विधान महाधिवेशन चलिरहँदा एमाले स्थायी कमिटी सदस्यहरूको छुट्टै बैठक सुरु

0 मिनेट

काठमाडौँ, १७ असोज ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको विधान महाधिवेशन चलिरहँदा पार्टीका स्थायी कमिटी सदस्यहरूको छुट्टै बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा पार्टीको पहिलो विधान अधिवेशन चलिरहेको हो । अधिवेशनकै बीचमा सम्मेलन केन्द्रको अर्को हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका स्थायी कमिटी सदस्यहरू बैठकमा जुट्नुभएको हो । पार्टीको निर्वाचन आयोगको टुंगो लगाउन बैठक सुरु भएको बताइएको छ । महाधिवेशनअन्तर्गत आजको सत्रको अध्यक्षता अध्यक्षमण्डलका सदस्य सुवासचन्द्र नेम्वाङले गर्नुभएको छ। विधान संशोधनको प्रस्तावमा उठेका प्रश्नको जवाफ उपमहासचिव विष्णु पौडेलले दिइरहनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।