
काठमाडौँ, १७ असोज ।
एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ । एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना, सचिव ७ जना रहने छन् । पदाधिकारी संख्याबारे विभिन्न सुझाव आए पनि ती सबै सुझावका आधारमा संख्या निर्धारण गर्ने क्रममा १५ जना बनाउनु नै उपयुक्त लागेको उहाँले बताउनुभएको छ ।