हामीसँग जोडिनुहोस

लुम्बिनी प्रदेश सरकारद्धारा करिब ४१ अर्बको नयाँ बजेट प्रस्तुत

1 मिनेट

बुटवल, २१ असोज । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत हिजोको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गर्नुभएको हो । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले बजेट पेस गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालू खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगततर्फ रहेको छ । त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् चार अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ । बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहुसाँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।