हामीसँग जोडिनुहोस

कात्तिक १गतेदेखि बाग्मतीमा नयाँ भाडा लागू हुने

1 मिनेट

हेटौंडा, २१ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ गतेदेखि लागू हुने गरी समायोजन गरेको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव पाण्डेले सरकारले प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा किलोमिटरको आधारमा र उपत्यकाबाहिरका १० जिल्लामा २३ प्रतिशतको दरले भाडा समायोजन भएको छ। मन्त्री पाण्डेले उपत्यकामा पहिले ८ प्रकारमा वर्गीकरण गरेर भाडा समायोजन गर्ने गरिएकोमा हाल ५ प्रकारमा विभाजन गरेर भाडा समायोजन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाभित्र चल्ने सवारीको हकमा ० देखि ५ किलोमिटरको १८ रुपैयाँ र २० किलोमिटर माथि ३५ रुपैयाँदेखि माथिका दरले भाडादर समायोजन भएको छ। सरकारका प्रवक्तासमेत रहनुभएका पाण्डेले उपत्यकाबाहिरका जिल्लामा भने २३ प्रतिशतको दरले भाडा समायोजन गरिएको जानकारी दिनुभयो । यसअघि हिजो बुधबार सार्वजनिक यातायात व्यवसायीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि धर्ना दिएका थिए। धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयको अनुमतिमा भौतिक पूर्वाधार मन्त्रालयले भाडा समायोजन गरेको मन्त्री पाण्डेको भनाइ रहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।