
काठमाडौँ, २१ असोज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो । उँहाका अनुसार आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बतानुभयो । पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु पनि समावेशीताका आधारमा पठाइएको प्रचण्डले जानकारी दिनुभयो । परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने अवसर आफूले पाएको हुनाले पनि समावेशी, पिछडिएका वर्ग समुदायलाई अगाडि बढाउने प्रयास गरिएको उहाको भनाइ रहेको छ ।