हामीसँग जोडिनुहोस

गुल्मीमा कांग्रेको अधिवेशन सम्पन्न, रेसुङ्गा नगरसभापतिमा पन्थी

1 मिनेट

काठमाडौँ, २१ असोज ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका सबै नगर तथा पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज १९ गते नै जिल्लाका १२ वाटा पालिकामध्ये ११ वटामा अधिवेशन भएको थियो । रेसुङ्गा नगरपालिकामा भने स्थगित भएको थियो । बुधबार साँझ रेसुङ्गा पनि जयश्वर पन्थिनगरलाई सभापतिमा सर्वसहमत चयन गरिएको छ ।
पन्थी सरकारका अवकास प्राप्त कर्मचारी हुन् । यो सहित गुल्मीका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने निर्वाचन गरिएको थियो । मुसिकोटमा मोहन घिमिरे र कालीगण्डकीमा निमबहादुर श्रीस सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल, धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन , छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, सत्यवती गाउँपालिकामा विष्णुप्रसाद भण्डारी, र चन्द्रकोट गाउँपालिकामा पनि विष्णुप्रसाद भण्डारी चयन भएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।