हामीसँग जोडिनुहोस

घटस्थापनाका दिन भक्तपुरका शक्तिपीठमा बिहानैदेखि घुइँचो

1 मिनेट

काठमाडौँ, २१ असोज ।
घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।
त्यसैगरी भक्तपुरमा बिहीबार रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदै । घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन्। विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा छ ।
नवरात्रि मेलामा पहिलो दिन बिहीबार ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।