हामीसँग जोडिनुहोस

कांग्रेस र माओवादीले धोका दिएको भन्दै नेकपा एकीकृत समाजवादीको गम्भीर आपत्ति

1 मिनेट

काठमाडौँ, २१ असोज ।
नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयको भागबण्डामा अपमानित गरेको भन्दै माधव नेपाल नेतृत्वको समाजवादीले आपत्ति जनाएको हो । मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४ र ४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो । सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन् । तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।