हामीसँग जोडिनुहोस

भवानी खापुङद्धारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार

1 मिनेट

काठमाडौँ, २२ असोज ।
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद भवानीप्रसाद खापुङले फुल मन्त्री नपाए सरकारमा नजाने बताउनुभएको छ । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकारको गरेको एक नेताले बताउनुभएको छ । यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताउनुभएको छ । तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँले काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गर्नुभएको थियो । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।